

कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टद्वारा निर्देशन, उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर प्रसाद भट्टले जिल्लाभरका मातहत प्रहरी युनिटका इन्चार्जहरूलाई समसामयिक सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवासम्बन्धी विशेष निर्देशन दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित समीक्षा तथा समन्वय बैठकमा एसपी भट्टले शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन, लागूऔषध नियन्त्रण, तस्करी रोकथाम तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो।
उहाँले प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि गर्न प्रत्येक प्रहरी कर्मचारीले उच्च अनुशासन, इमान्दारिता, व्यावसायिकता र जिम्मेवारीका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। साथै सेवाग्राहीमैत्री व्यवहारलाई प्राथमिकतामा राख्दै कानुनी शासनको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन मातहतका युनिट प्रमुखहरूलाई आग्रह गर्नुभयो।
बैठकका क्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई “Police of the Month” कार्यक्रमअन्तर्गत सम्मानसमेत गरिएको छ। अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा संगठनको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएका प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।
एसपी भट्टले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको हौसला बढाउन सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि परिणाममुखी कार्यसम्पादन गर्ने प्रहरीलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो।
कपिलवस्तु प्रहरीले संगठनभित्र प्रतिस्पर्धात्मक कार्यसंस्कृति विकास गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ। यसबाट प्रहरी कर्मचारीहरूमा थप उत्साह, जिम्मेवारीबोध र सेवाप्रतिको समर्पण भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



