

ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई पनि कुनै प्रकारको सहुलियत नदिन मातहत प्रहरी कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ ।
उहाँले नियम उल्लंघन गर्ने जो–कोही भए पनि कानुनी कारबाही निष्पक्ष र निर्दयिताका साथ गर्नुपर्ने बताउँदै ट्राफिक प्रहरीलाई कुनै पनि अवस्थामा पक्षपात नगर्न स्पष्ट निर्देशन दिनुभएको हो ।
सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निगरानीमा रहने भएकाले उनीहरूको बोली, व्यवहार, अनुशासन र कार्यसम्पादनले समग्र संगठनको छविमा प्रत्यक्ष प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो । ट्राफिक प्रहरीलाई संगठनको “ऐना” को रूपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
धुलो–धुवाँ, घाम–पानी जस्ता कठिन परिस्थितिमा निरन्तर खटिने ट्राफिक प्रहरीको सानो गल्ती वा लोभले समेत संगठनको साखमा क्षति पुग्न सक्ने भन्दै उहाँले आर्थिक अनियमितताप्रति शून्य सहनशीलता (Zero Tolerance) नीति कडाइका साथ लागू गर्न निर्देशन दिनुभयो ।
उहाँले राम्रो काम गर्ने कर्मचारीलाई नागरिकको साथ र समर्थन सदैव रहने उल्लेख गर्दै गलत कार्य गर्नेहरूलाई भने कुनै समर्थन नहुने स्पष्ट पार्नुभयो । नागरिकको विश्वास जित्ने गरी इमान्दार, अनुशासित र उत्तरदायी भएर काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
सबै तह र ओहदाका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीलाई बोली, वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन तथा कानून कार्यान्वयनमा दृढ र निष्पक्ष रहन पनि उहाँले निर्देशन दिनुभएको छ ।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



