ट्रम्पद्वारा अमेरिका–इरान ऐतिहासिक शान्ति सम्झौताको दाबी, आणविक कार्यक्रम रोक्ने सहमति भएको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको दाबी गरेका छन्।

जर्जियामा आयोजित एक भर्चुअल राजनीतिक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानका सर्वोच्च नेता मोजतवा खामेनीले सम्झौताका सबै सर्तमा सहमति जनाइसकेको बताएका हुन्।

उनका अनुसार सम्झौताको मुख्य बुँदा इरानले कुनै पनि अवस्थामा आणविक हतियार विकास वा खरिद नगर्ने प्रतिबद्धता हो। साथै, यसैका आधारमा इरानमाथि सम्भावित सैन्य कारबाहीका योजनाहरू पनि रोकिएको दाबी गरिएको छ।

ट्रम्पले इजरायल, साउदी अरेबिया, यूएई, कतार र पाकिस्तान लगायत देशले समेत उक्त समझदारीलाई समर्थन गरेको बताएका छन्। सम्झौतामा हस्ताक्षर यसै सातामा युरोपमा हुने र त्यसपछि हर्मुज जलमार्ग खुला गरिने योजना रहेको उनको भनाइ छ।

यद्यपि, इरानी पक्षले भने केही बुँदामा सहमति भए पनि अन्तिम निष्कर्षमा पुगिनसकेको प्रतिक्रिया दिएको छ।

यसैबीच, ट्रम्पको दाबी सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको र शेयर बजारमा सकारात्मक प्रभाव देखिएको जनाइएको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
१० घण्टा अगाडि

1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
211 Shares