सुस्तामा सीमा तनाव चुलियो, एसएसबी प्रवेश प्रयासपछि स्थानीय प्रतिकार, निर्माण कार्यमा अवरोधको आरोप

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमितर्फ प्रवेश गरी गस्ती बढाउने प्रयास गर्दा स्थानीय बासिन्दाले प्रतिकार गर्दै टोलीलाई फिर्ता पठाएका छन्।

स्थानीयका अनुसार सीमा क्षेत्रको खोला तरेर हतियारसहित नेपाली भूभागतर्फ प्रवेश गर्ने प्रयास गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सो क्रममा सुस्ता बचाउ अभियानसँग आबद्ध स्थानीयहरू तथा बासिन्दा एकजुट भई तत्काल विरोध जनाउँदै एसएसबी टोलीलाई रोक्न सफल भएका हुन्। केही समयको भनाभन र धकेलाधकेलपछि भारतीय टोली आफ्नो सीमातर्फ फर्किएको बताइएको छ।

घटनापछि सुस्ता क्षेत्रमा केहीबेर तनाव र असहज अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य रहेको स्थानीय स्रोतले जनाएको छ। तर सीमा क्षेत्रमा दुवै पक्षको उपस्थिति बढेकाले संवेदनशीलता भने कायम रहेको छ।

यसैबीच, नारायणी नदीको कटानबाट सुस्ताको जमिन जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले करिब १ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ। स्थानीयले सो कामलाई दीर्घकालीन समाधानका रूपमा लिएका छन् भने भारतीय पक्षले विवादित नभएको भनिएको करिब १३२ मिटर क्षेत्रमा समेत निर्माण रोक्न दबाब दिइरहेको आरोप लगाइएको छ।

सुस्ता बचाउ अभियानका प्रतिनिधिहरूले सीमा क्षेत्रमा हुने यस्ता गतिविधिले स्थानीय बासिन्दामा त्रास बढाउने भन्दै कूटनीतिक तथा प्रशासनिक तहमा स्थायी समाधान खोज्न सरकारसँग माग गरेका छन्।

घटनापछि सुस्ता क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
१० घण्टा अगाडि

1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
437 Shares