

“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
विराटनगर । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले बालश्रम अन्त्य र बालअधिकार संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ।
‘कानूनको पालना प्रहरीको प्रतिबद्धता, बालश्रममुक्त समाज हाम्रो साझा आवश्यकता’ भन्ने मूल नारासहित जिल्ला प्रहरी कार्यालय मोरङको प्रांगणमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रममा बालश्रम समाजका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र आम समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए। बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पनि उनीहरूले विशेष जोड दिएका थिए।
उक्त कार्यक्रममा विराट होटल व्यापार संघ मोरङ, होटल व्यवसायी संघ मोरङ, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मोरङ प्रहरीले विश्व बालश्रम विरुद्ध दिवसलाई केवल औपचारिकतामा सीमित नराखी बालश्रममुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाएको जनाएको छ। कार्यक्रमले बालश्रम अन्त्यका लागि जनचेतना फैलाउनुका साथै बालअधिकार संरक्षणप्रति समाजलाई थप जिम्मेवार बनाउन सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
८ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



