एसपी नवीन कार्कीको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त आयोजनामा पोखरा महानगरपालिका–३० रामबजारमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र लागुऔषध दुर्व्यसन नियन्त्रण लगायतका विषयमा नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी स्थानीयवासी, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदायमा देखिएका विविध समस्यासम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए। उठाइएका प्रश्न तथा सरोकारका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले विस्तृत रूपमा सम्बोधन गर्दै प्रहरी संगठन नागरिकको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको बताए।

उनले शान्त, सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकका सुझावलाई प्रहरीले सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे।

एसपी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रमले प्रहरी र समुदायबीच विश्वासको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
८ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
487 Shares