विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलर १५१.८८ रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङलगायत प्रमुख मुद्राहरूको मूल्यमा सामान्य समायोजन गरिएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १५१.८८ र बिक्रीदर रु. १५२.४८ तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर रु. १०६.९२ र बिक्रीदर रु. १०७.३५, क्यानेडियन डलर एकको खरिददर रु. १०८.५८ र बिक्रीदर रु. १०९.०१ निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर रु. १७५.८० र बिक्रीदर रु. १७६.५० तथा बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिददर रु. २०३.७३ र बिक्रीदर रु. २०४.५४ तोकिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले लागू गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने पनि स्पष्ट गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
240 Shares