

अमेरिका–इजरायल–इरान तनावबीच सुनको मूल्य दबाबमा, ब्याजदरको चिन्ताले बजार प्रभावित
काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि विकसित भएको लामो द्वन्द्वले विश्व बजारमा नयाँ तरंग ल्याएको छ। सामान्यतया संकटको समयमा सुरक्षित लगानीका रूपमा सुनको मूल्य बढ्ने गर्छ, तर यस पटक भने सुनको मूल्य उल्टो दिशामा दबाबमा परेको छ।
जनवरी २८ मा प्रतिट्रोय औँस (३१.१ ग्राम) ५,३०३ अमेरिकी डलरसम्म पुगेको सुनको मूल्य पछिल्लो समय घटेर करिब ४,२३५ डलरमा झरेको छ। विश्लेषकहरूका अनुसार यसको प्रमुख कारण भू–राजनीतिक तनावसँगै बढ्दो मुद्रास्फीति र ब्याजदरसम्बन्धी अनिश्चितता हो।
इरानसँगको द्वन्द्वका कारण हर्मुज जलडमरूमार्गमा अवरोध उत्पन्न भएपछि तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ। ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिले मुद्रास्फीति थप बढाएको छ। अमेरिकामा मुद्रास्फीति पछिल्लो तीन वर्षयताकै उच्च ४.२ प्रतिशत पुगेको बताइएको छ, जसले अमेरिकी केन्द्रीय बैंक ले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना कमजोर बनाएको छ।
सुनलाई सामान्यतया मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानी मानिन्छ, तर उच्च ब्याजदरको वातावरणमा भने यसको आकर्षण घट्ने गर्छ। विश्लेषकहरूका अनुसार ब्याजदर बढ्दा डलर बलियो हुन्छ र डलरमा मूल्य निर्धारण हुने सुनमाथि थप दबाब पर्छ।
बजार विश्लेषक जस्टिन कार्डवेलका अनुसार, “सुनले प्रतिफल नदिने भएकाले यसको मूल्यवृद्धिको अपेक्षामै लगानी हुन्छ। जब ब्याजदर उच्च हुन्छ, लगानीकर्ताहरू डलरतर्फ आकर्षित हुन्छन्।”
यसैबीच, इरानसँगको तनावका कारण अमेरिकी डलर बलियो बनेको छ, जसले सुनको मूल्य थप दबाबमा पारेको छ। नोबल गोल्ड इन्भेस्टमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत कोलिन प्लुमका अनुसार डलर बलियो हुँदा सुन सामान्यतया कमजोर हुन्छ र डलर कमजोर हुँदा सुन उकालो लाग्ने प्रवृत्ति हुन्छ।
विश्लेषकहरूका अनुसार आगामी महिनाहरूमा ब्याजदरको दिशा नै सुन बजारको मुख्य निर्धारक हुने देखिएको छ। यदि ब्याजदर बढ्ने सम्भावना बलियो रह्यो भने सुनको मूल्य अझै दबाबमा रहन सक्ने अनुमान गरिएको छ।
तर हालै अमेरिका र इरानबीच सम्भावित सम्झौताको संकेत सार्वजनिक भएपछि सुनको मूल्यमा हल्का सुधार देखिएको छ। विश्लेषकहरूले युद्ध अन्त्यतर्फको संकेतलाई बजारका लागि सकारात्मक मान्दै मुद्रास्फीतिको दबाब केही कम हुन सक्ने बताएका छन्।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



