

वीरगञ्ज ट्राफिक कार्यालयमाथि ओभरलोड सवारीबाट अवैध असुलीको गम्भीर आरोप, छानबिनको माग
वीरगञ्ज । पर्साको बहुअरी ड्राइपोर्ट र परवानीपुर क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीमाथि ओभरलोड मालवाहक सवारीसाधनबाट कारबाही नगरी रकम असुली गरेर छाड्ने गरेको गम्भीर आरोप लागेको छ। स्थानीय व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित स्रोतहरूले यस्तो गतिविधि लामो समयदेखि भइरहेको दाबी गरेका छन्।
बहुअरी ड्राइपोर्ट, वीरगञ्ज महानगरपालिका–२५ मा अवस्थित, नेपाल–भारत सीमास्थित एकीकृत जाँच चौकी (आईसीपी) नजिकको महत्वपूर्ण औद्योगिक तथा सडक सञ्जाल क्षेत्र हो, जहाँ दैनिक रूपमा ठूलो संख्यामा मालवाहक सवारी आवत–जावत गर्छन्।
स्थानीय स्रोतहरूका अनुसार कानुनअनुसार तोकिएको भारभन्दा बढी सामान बोकेका सवारीसाधनलाई जरिवाना गर्नुका साथै अतिरिक्त भार हटाएर मात्र सञ्चालनको अनुमति दिनुपर्ने व्यवस्था भए पनि त्यसको सट्टा केही ट्राफिक कर्मचारीले रकम लिएर सवारीलाई छाड्ने गरेको आरोप छ।
यसका कारण ओभरलोड ट्रकहरूको आवागमन बढ्दा मुख्य सडकहरू चाँडै बिग्रने र पूर्वाधारमा क्षति पुग्ने समस्या देखिएको स्थानीयको भनाइ छ।
त्यस्तै, बहुअरी र परवानीपुर क्षेत्रका ट्राफिक युनिटबाट मात्र नभई वीरगञ्ज क्षेत्रमा चल्ने रिक्सा तथा भारतीय नम्बर प्लेटका साना–ठूला सवारीसाधनबाट समेत अनौपचारिक रूपमा रकम असुली हुने गरेको चालकहरूको आरोप छ। एक चालकका अनुसार, “नियम पालना गरौँ वा नगरौँ, पैसा नदिएसम्म गाडी अघि बढ्न दिइँदैन।”
अझ गम्भीर दाबी गर्दै केही स्रोतहरूले उठाइएको रकमको हिस्सा जिल्ला ट्राफिक हुँदै प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा) सम्म पुग्ने गरेको आरोपसमेत लगाएका छन्। यसै कारण माथिल्लो तहबाट प्रभावकारी अनुगमन तथा कारबाही नहुने अवस्था रहेको उनीहरूको भनाइ छ।
यता, हाल बहुअरी ड्राइपोर्ट ट्राफिक कार्यालयमा महेन्द्र पन्थी र परवानीपुर ट्राफिक कार्यालयमा दिवस श्रेष्ठ इन्चार्जको जिम्मेवारीमा रहेका छन्। उनीहरूले आफ्ना निकटका प्रहरीमार्फत असुली गराउने गरेको समेत आरोप लागेको छ।
यसैबीच, पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको हालै सरुवा भई उनको स्थानमा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ जाने तयारी रहेको बताइएको छ। तर वीरगञ्ज ट्राफिक कार्यालयभित्र केही असईहरू अझै पनि शक्तिशाली भूमिकामा रहेको चर्चा पनि स्थानीयस्तरमा छ।
यस विषयमा सम्बन्धित ट्राफिक कार्यालयका अधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
स्थानीय व्यवसायी तथा सवारी चालकहरूले भने यस विषयमा निष्पक्ष छानबिन गरी दोषी पाइए कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले समयमै नियन्त्रण नगरे ट्राफिक व्यवस्थापनभन्दा असुली नै प्रमुख गतिविधि बन्ने जोखिम रहेको चेतावनीसमेत दिएका छन्।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



