

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को सार्बजनिक सुनुवाई सम्पन्न ,६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा
नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यलयले चालु आर्थिक बर्ष २०८२/२०८३ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा बास नेपालको सहजीकरणमा आईतवार नेपालगञ्जमा सम्पन्न सार्बजनिक सुनुवाईबाट ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
घोषणा गरिएका साझा प्रतिबद्धताहरुमा, वडा नम्बर १ को सिमानामा रहेका वडा नम्बर १८ र १२ जोडिने सीमा क्षेत्रको स्पष्ट सिमाङ्कनका लागि आवश्यक नीतिगत पहल गर्ने र वडाको समग्र सरसफाई र हरियाली प्रवर्धनका लागि विशेष जोड दिने, वडाको सुन्दर नगर टोलका विभिन्न सडकहरूको निर्माण स्तरोन्नतिका लागि संघ र प्रदेश सरकार सँग योजना माग भइसकेकाले योजनाहरु प्रभावकारी कार्यान्वयन गर्ने, जेन्जी सहित मार्गको गेट समयभित्र निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिने, नेपालगञ्ज वडा नम्बर १ मा रहेको पर्यटकीय क्षेत्र वाटर पार्क र चिल्ड्रेन पार्कलाई व्यवस्थित सुरक्षित सुरक्षित बनाउँदै त्यहाँ बढिरहेको विकृति विसंगति रोक्न आवश्यक पहल गर्ने, मस्जिद टोलको सडक कालोपत्रे गर्ने कार्यमा प्राविधिक समस्या आएकाले सम्भव भए यसै आर्थिक वर्षमा, सम्भव नभए आगामी आर्थिक वर्षको असोज मसान्तभित्र सम्पन्न गर्ने,वडाभित्र हुने विकास निर्माणका कार्यहरूको गुणस्तरीयता अभिवृत्ति गर्नका लागि स्थानीयवासी र वडा कार्यालय सचेत रहने, वडामा रहेको एन्फा कम्पाउन्डको सौन्दर्यकरण गर्ने र स्तर उन्नति गर्ने रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल प्रमुख सरोकारवाला ब्यक्ति रहेको उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा,नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, कार्यपालिका सदस्य तथा वडा नम्बर १ का महिला सदस्य कुमारी पुष्पा सिंह, दलित महिला सदस्य सिता परियार, सदस्य ईन्द्र बहादुर राना, सदस्य जग मोहन काँदु, वडा सचिव हिक्मत बहादुर थापा माझि सरोकारवाला ब्यक्तिको रुपमा रहेका थिए ।
तिन घण्टा बढि प्रश्नउत्तरको रुपमा खुल्ला छलफल चलेको उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले बाटोघाटोको समस्या, उपर्युक्त नाली नहुँदा बर्षा याममा डुबानको समस्या, हिलाम्मे सडकका कारण नेपालगञ्जको मुटुमै रहँदा पनि कुनै दुर्गम बस्तीमा बसेको महशुष भएको, वडा भित्रका सार्बजनिक स्थालहरुको संरक्षण नभएको, पिउने पानकिो समस्या देखि सार्बजनिक जग्गा अतिक्रमणका बिषयमा गुनासाहरु राखेको थिए भने केही सहभागीहरुले वडाले गर्नुपर्ने रचनात्मक सुझाव पनि राखेका थिए ।
कार्यक्रममा उठेका बिभिन्न प्रश्नहरुको उक्त कार्यक्रममा प्रमुख सरोकारवाला ब्यक्ति तथा वडा अध्यक्ष प्रमोद रिजालले दिएका थिए ।
कार्यपालिका सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का महिला सदस्य कुमारी पुष्पा सिंहले स्वागत गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । सार्बजनिक सुनुवाई गर्नुृपुर्ब संकलन गरिएको नागरिक प्रतिबेदन र बहिर्गमन अभिमत बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुत गरेका थिए भने चालु आर्थिक बर्ष २०८२/२०८३ मा सम्पन्न भएका योजनाहरुको प्रगति प्रतिबेदन वडा अध्यक्ष प्रमोद रिजालले प्रस्तुत गरेका थिए । कार्यक्रम सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।
समाज
थप सामाग्री-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि
2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…



