

कालीमाटी बजारमा कृषिउपजको थोक मूल्य सार्वजनिक
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु २५, टनेल गोलभेँडा रु ३८, रातो आलु (लाम्चो) रु ३८, रातो आलु (गोलो तथा मुढे) प्रतिकिलो रु ३५, भारतीय आलु रु ३० तथा सेतो आलु रु ३० निर्धारण गरिएको छ । यस्तै सुकेको भारतीय प्याज प्रतिकिलो रु ४५ कायम गरिएको छ ।
त्यसैगरी गाजर (लोकल) रु १००, बन्दा रु ६०, काउली रु ५०, रातो मूला रु ४०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु २५ तथा भन्टा डल्लो रु ३५ कायम गरिएको छ ।
फलफूल तथा अन्य तरकारीतर्फ बोडी (तने) रु ३०, मकै बोडी रु ६०, मटरकोसा रु १८०, घिउ सिमी (लोकल तथा हाइब्रिड) रु ४०, घिउ सिमी (राजमा) रु ८०, टाटे सिमी रु ७०, भटमास कोसा रु १२०, तीते करेला रु ४०, लौका तथा परवर रु ५०, चिचिण्डो रु ३५, घिरौँला तथा झिगुनी रु ६०, फर्सी रु ३० देखि ६०, भिन्डी रु ४०, सखरखण्ड रु १२० र पिँडालु रु १०० कायम गरिएको छ । इस्कुस प्रतिकिलो रु ५० तोकिएको छ ।
सागसब्जीतर्फ रायो, पालुङ्गो र चमसुरको साग प्रतिकिलो रु ४० देखि ६०, तोरीको साग रु ५०, हरियो प्याज रु १००, च्याउ (कन्य) रु २४०, च्याउ (डल्ले) रु ३६०, राजा च्याउ रु ३०० तथा सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । यस्तै कुरिलो रु ३५०, निगुरो रु १००, ब्रोकाउली रु ९०, चुकन्दर रु ६०, सजीवन रु २००, जिरीको साग रु १००, सेलरी रु १५०, पार्सले रु ३५०, पुदिना रु २०० तथा गुन्द्रुक प्रतिकिलो रु ३५० कायम गरिएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा (नेपाली) रु २००, केरा (मालभोग) रु २२०, कागती रु २००, अनार रु ४२०, आँप (मालदह) रु १००, आँप (दशहरी) रु १२०, तरबुजा रु ५०, जुनार रु २२०, भुइँकटहर प्रतिगोटा रु २००, नासपाती (चाइनिज) रु २५०, मेवा रु ९० देखि १०० तथा लिची रु १०० देखि २७० निर्धारण गरिएको छ ।
त्यस्तै अदुवा रु २३०, सुकेको खुर्सानी रु ५००, हरियो खुर्सानी रु ४० देखि ५०, अकबरे खुर्सानी रु ३००, लसुन (सुकेको) रु १८० देखि २२०, हरियो धनियाँ रु १२०, सुकेको माछा रु १,००० तथा ताजा माछा रु २६० देखि ३४० प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार यी मूल्यहरू आपूर्ति, माग तथा मौसमी अवस्थालाई आधार मानेर निर्धारण गरिएको हो ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



