एसपी नवीन कार्कीको नेतृत्वमा पोखरा लेकसाइडमा संयुक्त अनुगमन, भारतीय पर्यटकसँग सुरक्षा अवस्थाबारे सोधपुछ

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीको नेतृत्वमा आज पोखराको लेकसाइड क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा प्रहरी टोलीले लेकसाइड क्षेत्रका विभिन्न स्थानमा सुरक्षा अवस्था, पर्यटकीय गतिविधि तथा सेवा प्रवाहको अवस्थाबारे निरीक्षण गरेको हो । विशेषगरी सो क्षेत्रमा घुम्न आएका भारतीय पर्यटकहरूसँग समेत प्रत्यक्ष भेटघाट गरी उनीहरूले कुनै प्रकारको दुःख, हैरानी वा असुविधा भोग्नुपरेको छ कि छैन भन्ने विषयमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पर्यटकहरूलाई सुरक्षित वातावरण सुनिश्चित गर्न आवश्यक सहयोग, सहजीकरण र सुरक्षासम्बन्धी जानकारीसमेत प्रदान गरेको बताइएको छ । लेकसाइड क्षेत्रको शान्ति–सुरक्षा, पर्यटकीय सहजता र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन तथा समन्वयलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
277 Shares