

देशका विभिन्न प्रदेशमा बदली र चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा कतै तातो दिनको चेतावनी
काठमाडौँ ।
नेपालमा हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही प्रभावका कारण देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली तथा वर्षाको सम्भावना देखिएको छ।
आजको दिउँसोको मौसम अवस्था
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
तराई भूभागमा भने मौसम मिश्रित रहनेछ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
वर्षाको सम्भावना
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी कोशी र मधेस प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो तथा गर्मी दिन रहने सम्भावना छ।
आज रातिको मौसम
आज राति कोशी प्रदेशमा सामान्यतया बादल लाग्नेछ। अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



