

समाचारका कारण पत्रकार परिवारलाई धम्की, दोषीमाथि कारबाही गर्न पत्रकार महासंघको माग
काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार तथा उनको परिवारलाई धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै धनकुटाका पत्रकार गोपाल बराइलीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिइएको घटनाको कडा शब्दमा निन्दा गरेको हो। महासंघका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी पर्शु कार्कीले असार ४ गते धनकुटा एफएम डटकममा प्रकाशित समाचारको विषयलाई लिएर महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पत्रकार बराइलीलाई मात्र होइन, उनका परिवारलाई समेत धम्की दिएका छन्।
महासंघ धनकुटा शाखाले पत्रकार र उनका परिवारमाथि गरिएको यस्तो व्यवहारले मानसिक त्रास सिर्जना गरेको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति भए कानुनी तथा विधिसम्मत बाटो अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै धम्की, गालीगलौज र डरत्रास फैलाउने कार्य प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा भनिएको छ, “चित्त नबुझेको समाचारमा कानुनी र विधिसम्मत समाधान नखोजी पत्रकार र उनका परिवारलाई धम्क्याएर मानसिक त्रास फैलाउने हर्कत प्रेसविरोधी तथा सामाजिक अपराध हो।”
महासंघले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ।
महासंघले पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दबाब र हिंसाका घटनाविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



