

रौतहटबाट ‘मधेश मुक्ति अभियान’ घोषणा, औपनिवेशिक शासन अन्त्यको माग
काठमाडौं । तराई–मधेशबाट नेपाली औपनिवेशिक शासनको अन्त्य मागसहित ‘मधेश मुक्ति अभियान’ घोषणा भएको छ ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका–३ मा बिहीबार आयोजित एक कार्यक्रममा हजारौंको संख्यामा स्वाधिन मधेश जनअभियानका संयोजक प्रोफेसर कैलाश महतोको नेतृत्वम सो अभियान घोषणा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रोफेसर महतोले चुनावताका प्रधानमन्त्री बालेन्द्र साहले गरेका प्रतिबद्धताहरु पूरा नगरे स्वतन्त्र मधेशको लागि पनि संघर्ष हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अहिले हामी देशभित्रै स्वतन्त्रता मागिरहेका छौं, हाम्रा मागहरुलाई बेवास्ता गरिए छुट्टै राष्ट्रका लागि पनि आन्दोलन हुनसक्छ ।’
कार्यक्रममा सहभागीहरुले आजादीको नारा लगाएका थिए । ‘हामीलाई आजादी चाहियो, मधेशी मुक्ति अभियान जिन्दावाद’ जस्ता नारा पनि लगाइएको थियो ।
घोषणासभाबाट ‘तराई मधेशबाट नेपाली औपनिवेशिक शासनको अन्त्य होस्’, ‘तराई मधेशमा मधेशी सेना, मधेशी प्रहरी, मधेशी प्रशासक र मधेशीको शासन होस्।’, ‘तराई मधेशको साधन श्रोतमा मधेशीको अधिकार स्थापित हो’, लगायतका मागहरु सार्वजनिक गरिएको छ ।
यस्तै, ‘तराई–मधेशमा भएको बाहिरी अप्रवासन खाली गरियोस्’, ‘नेपाल सरकारले तराई मधेशबाट उठाउँदै आएका सबै प्रकारका कर, राजस्व र भन्सार यही क्षेत्रमा प्रयोग होस्’ मधेशी मूलका नागरिकमाथि हुँदै आएको नश्लीय विभेद, सामाजिक असमानता र राजनीतिक उपेक्षाको पूर्ण अन्त्य होस्’ ‘आत्मनिर्णयको अधिकार स्थापित होस्’ मागहरु रहेका छन् ।
अभियानको संयोजकमा कैलाश महतो रहेका छन् भने विपिन अधिकारी, गिता महरा, मनोज यादव, वैधनाथ महतो, लक्ष्मण साह लगायतका अभियानमा छन् । कार्यक्रमको उद्घोषण शिवजी यादवले गरेका थिए ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



