

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा कार्यदल गठन
1.5kViews
433
Shares
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारसम्बन्धी विवाद समाधानका लागि सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ।
विश्व राईको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदललाई सबै सरोकारवाला पक्षसँग व्यापक छलफल गरी सहमति जुटाउने र व्यावहारिक समाधानसहितको सुझाव पेश गर्ने जिम्मेवारी दिइएको छ।
सरकारले कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकेको छ। विवाद समाधानका लागि आवश्यक संवाद र समन्वयमार्फत दीर्घकालीन समाधान निकाल्ने उद्देश्यसहित कार्यदल गठन गरिएको जनाइएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१० घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



