

आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित ‘प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन–२०८३’ आज उद्घाटन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीद्वारा आयोजित सम्मेलनमा उपत्यकाभित्रको समग्र सुरक्षा अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणका गतिविधि, प्रहरी कार्यसम्पादनको समीक्षा र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्की, प्रहरी प्रधान कार्यालयका कार्य विभाग प्रमुख एआईजी उमा चतुर्वेदी, उपत्यकाका तीनवटै जिल्लाका प्रहरी प्रमुखहरू तथा मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा हालसम्म भएका प्रहरी गतिविधिको समीक्षा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै अपराध नियन्त्रण, अनुसन्धानको गुणस्तर अभिवृद्धि, ट्राफिक व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी तथा समसामयिक सुरक्षा चुनौतीहरूको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे समेत छलफल भएको बताइएको छ।
नेपाल प्रहरीले यस्ता समीक्षा सम्मेलनमार्फत संगठनको कार्यक्षमता अभिवृद्धि, समन्वय सुदृढीकरण तथा जनविश्वास बढाउने लक्ष्य लिएको जनाएको छ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१३ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





