

उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, चार जना घाइते
जापानको उत्तरपूर्वी क्षेत्रमा आएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प इवाटे प्रान्तको प्रशान्त तट क्षेत्रमा करिब ४४ किलोमिटर गहिराइमा आएको हो ।
स्थानीय अग्निशमन विभागका अनुसार हासिकामी र हाचिनोहेका क्षेत्रमा घाइते भएका चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । अधिकारीहरूले आगामी दिनमा थप परकम्प आउन सक्ने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।
जापान चार टेक्टोनिक प्लेटको सीमामा अवस्थित भएकाले उच्च भूकम्पीय जोखिम भएको देश मानिन्छ । यसअघि सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीका कारण ठूलो मानवीय क्षति भएको थियो ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





