असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा

काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५ का अवसरमा यस वर्ष देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनले उक्त परिमाणको दही बिक्रीबाट करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरेको छ।

बिहीबार काठमाडौँमा आयोजित ‘दही–चिउरा प्रवर्द्धन कार्यक्रम’मा एसोसिएसनले असार १५ ले नेपाली कृषि संस्कृति, किसान र दुग्ध उत्पादन क्षेत्रलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै आएको जनाएको हो।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि परम्परा र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताए। उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

दाहालले किसानले उत्पादन गरेको दूधको उचित मूल्य सुनिश्चित गर्न, समयमै भुक्तानी गर्न तथा दुग्ध उद्योगको दिगो विकासका लागि सरकार, किसान र उद्योगीबीच अझ प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपाली समाजमा हरेक वर्ष असार १५ गते धान रोपाइँको उत्सवसँगै दही–चिउरा खाने परम्परा रहिआएको छ। यस पर्वले कृषि संस्कृतिको संरक्षणसँगै दुग्ध उत्पादनको बजार विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
115 Shares