

फिफाबाट एन्फा निलम्बित, नेपाली फुटबल पुनर्निर्माण गर्ने खेलकुद मन्त्रीको प्रतिबद्धता
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलको पुनर्निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अनुसार एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बनसँगै एन्फाले फिफा विधानअन्तर्गत पाउने सदस्यता अधिकारहरू गुमाएको छ ।
यो निर्णयपछि नेपाली राष्ट्रिय टोली तथा क्लबहरूले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । साथै एन्फाले प्राप्त गर्दै आएको फिफा तथा एएफसीको आर्थिक सहयोग र विकास कार्यक्रमसमेत रोक्का हुने भएको छ ।
एन्फासँग आबद्ध पदाधिकारी तथा सदस्यहरूले पनि फिफा र एएफसीका तालिम, प्रशिक्षण तथा विकास कार्यक्रमहरूमा सहभागी हुन पाउने छैनन् ।
यसैबीच खेलकुद मन्त्री पोखरेलले वर्तमान तथा पूर्व राष्ट्रिय खेलाडीहरू र सरोकारवालासँग सहकार्य गर्दै नेपाली फुटबललाई नयाँ दिशातर्फ लैजाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत संकट समाधानका लागि पहल सुरु भइसकेको जानकारी दिँदै नेपाली फुटबलको पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
११ घण्टा अगाडि
2.2kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





