

जाडो बढेसँगै घुम्ती गोठ बेँसीतिर झरे
जाडो बढेसँगै लमजुङका लेकमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन् । सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेको हो ।जाडो छल्नका लागि र खेतीपातीका लागि मल आवश्यक पर्ने भएकाले गोठहरू बेँसी झर्ने चलन छ । क्व्होलासोंथर गाउँपालिका-४ भुजुङका नौराज गुरुङका अनुसार घुम्ती गोठ भुजुङको घिम्चेफाँटमा झरेको छ । करिब ५० वटा गोठ फाँटमा राखिएको बताएका उनले गाउँमाथि लेकमा रहेका भैँसी गोठ र भेडा गोठ फाँटमा झरेको जानकारी दिए । ‘जाँडो बढेको छ । जाडो बढ्दै गर्दा लेकमा रहँदा वस्तुलाई चिसो हुन्छ । चिसोमा मर्ने समस्या हुन्छ,ु उनले भने । उक्त गोठहरू कात्तिकदेखि मंसिरसम्म घिम्चेफाँटमा त्यसपछि केही दिन कोदो लगाइएको खेतमा बस्छ । चैत १५ गतेबाट लेकमै फर्कने गरेको स्थानीयले बताएका छन् ।क्व्होलासोंथर गाउँपालिका-३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार गाउँको बेँसीमा घुम्ती गोठ बसेको छ । एक साताअघिदेखि नै गोठ आएको हो । कात्तिकमा बेँसी झर्ने, मंसिर, पुस, माघ, फागुन र चैतसम्म बस्ने गर्छ । वैशाखमा पुन लेकमा जाने गर्छ । बस्तुभाउलाई न्यानो बनाउन र मलका लागि गोठ झर्ने गरेको स्थानीयले बताएका छन् ।
दूधपोखरी गाउँपालिका पशु शाखाका कर्मचारी दिनेश गुरुङका अनुसार दूधपोखरी क्षेत्रको लेकमा रहेका घुम्ती गोठहरू बेँसी झरेको छ । गोठहरू इलमपोखरी डाँडामा बसेको छ । जाडोको समय भएकाले गोठ बेँसी झरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार लमजुङका घुम्ती गोठहरू अहिले बेँसी झरेको छ । जाडोको समयमा लेकमा बस्न नसकिने भएकाले न्यानो खोज्दै बेँसी आउने गरेका छन् ।
लमजुङमा करिब ३०० वटा घुम्ती गोठ छन् । करिब १० वटा गाईगोठ, करिब १०० वटा भेडाबाख्राको गोठ र अन्य भैँसी गोठ छन् ।
न्युज कारखाना
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



