पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २० फागुन

पेट्रोलिलयम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।

Facebook Comments Box
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
२२ घण्टा अगाडि

1.4kViews 297 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि उठ्दै आएको १६ वर्ष सेवा…

TOP
Shares