

इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम
काठमाडौँ फागुन २४ । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।
सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ। मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने अवस्था आएको बताएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ मा प्रतिव्यारेल ७० डलर रहेको तेलको मूल्य अहिले झन्डै दोब्बर भएको छ। २०२० अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४१ डलर थियो भने २०१९ मा ६४ डलर । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएको हो । तीनवटा तेल उत्पादक गर्ने देशहरूमध्ये रुस एउटा मुख्य देश हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



