

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि विद्यालय ५ दिनका लागि बन्द
चितवन । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाका विद्यालयहरू ५ दिनका लागि बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सङ्क्रमण फैलिएकाले विद्यालय ५ दिनका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।
जसअनुसार भरतपुरका सामुदायिक तथा संस्थागत विद्यालयहरू, प्रारम्भिक बाल शिक्षा, बाल विकास केन्द्रहरू तथा मन्टेस्वरीहरु बन्द हुनेछन् । विद्यालयमा एडिनो भाइरसको सङ्क्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी साउन २२ गते सोमबारबाट २६ गतेसम्म सबै विद्यालय बन्द गर्न सूचनामा भनिएको छ ।
‘केही दिन देखि सङ्क्रमणको रूपमा देखिएको आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि वृद्धि हुँदै गएको र विद्यालयमा समेत सङ्क्रमणको असर बढ्दै गएको पाइएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा ५ दिन हिउँदे वा वर्षे बिदाबाट मिलान गर्ने गरी विद्यालयका कुनै पनि शैक्षिक गतिविधि नगर्ने गरी विद्यालय बिदा गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





