काभ्रेको दोलालघाटमा गोविन्द नाथ उप्रेतीको प्रतिमा बन्ने

काभ्रे साउन २२ ।

काभ्रे जिल्लाको कोशपारी क्षेत्रमा विकासको निमित महत्त्वपूर्ण योगदान पु्र्याएका पुर्व मन्त्री श्री गोबिन्दनाथ उप्रेति जिउँदो छँदै उनको सम्मानमा दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवले प्रतिमा स्थापना गर्न लागेको छ। उक्त अभियानमा दुलालेश्वर वातावरनिय तथा समाज सेवा क्लबले आर्थिक सहयोगको  अपिल समेत गरेको छ भने कति पएले सहायोग पनि गरि सकेको र काभ्रे जिल्ला भरिकै गाउँ पालिका र नगरपालिका लाई पनि सहयोग गर्नको लागि निबेदन गरिने क्लबका अध्यक्ष अस्ट बहादुर श्रेष्ठले बताएका छन । काभ्रे जिल्लाकै रातो बाघ भनेर चिनिने एक मात्र सहासी नेता जो गोबिन्द नाथ उप्रेतीको नाम ले प्रख्यात छन्। वहाँपूर्व श्रम राज्य मन्त्रि पनि हुन। कोशीपारि काभ्रे भुम्लु गाउँ पालिकाको पहिलो मन्त्रि , साहसी , निडर र सबै लाई माया गर्नु हुने प्रिय नेता भएकै कारण वहाँ सबैको मन मुटु र मस्तिस्कमा बस्न सफल भएका हुन। सबैको प्यारो भएकै कारण वहाँ जिउंदै हुदा नै सम्मान स्वरुप प्रतिमा निर्माण गर्न दुलालेश्वर वातावरनिय तथा समाज सेवा क्लब लागि परेको हो र यो अभियान लाई सफल बनाउन थुप्रै व्यक्तिवहरुले  हातेमालो गरि अघि बढ्दै छन्।
यदी यहाँहरुपनि आफुले सकेको सहयोग गर्न चाहनु हुन्छ भने दुलालेश्वर वातावरनिय तथा समाज सेवा क्लबमा (9851038633)सम्पर्क राख्नु हुन पनि अनुरोध क्लबका अध्यक्षले गरेका छन्। क्रान्ति लामा काभ्रे भुम्लु

Facebook Comments Box
TOP
Shares