

उच्च अदालत हेटौँडाद्वारा एक हजारभन्दा बढी मुद्दा फैसला
हेटौंडा । उच्च अदालत पाटन–हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९–८० को अवधिमा एक हजार तीन सय १२ वटा मुद्दा फैसला गरेको छ ।
सो अदालतद्वारा आज आयोजित पत्रकारसगँको छलफलमा अघिल्लो आवबाट सरी आएको पाँच सय ४५ वटा र गत आव २०७९– ८० मा एक हजार एक सय ९६ नयाँ मुद्दा दर्ता गरी जम्मा एक हजार सात सय ४१ वटा परेकोमध्ये एक हजार तीन सय १२ विभिन्न प्रकृतिका मुद्दा फैसला भएको जनाइएको छ ।
साथै चार सय २९ मुद्दा फैसला हुन बाँकी रहेको बताइएको छ । फैसला हुन बाँकी रहेका मुद्दामध्ये १८ महिना कटेका मुद्दा एक, १२ महिना कटेका मुद्दा ३० र तीन सय ९८ मुद्दा एक वर्षभन्दा कम अवधिका रहेको अदालतका सूचना अधिकारी सरोज उप्रेतीले जानकारी दिए ।
अघिल्लो आव २०७७–७८ मा एक हजार ३७ नयाँ मुद्दा दर्ता भएकामा आठ सय २६ मुद्दा फैसला भएको थियो । यस्तै २०७८–७९ मा एक हजार दुई सय १० मुद्दा दर्ता भएको थियो । औसतमा हेर्दा मुद्दा दर्ताको सङ्ख्या पनि कम हुँदै गएको छ । अघिल्लो वर्षबाट दायित्व सरेर आएको एक सय २० छ महिना कटेको रहेको तथा मुद्दाको अङ्ग मिलाउन नै छ महिना लाग्ने गरेको बताइएको छ ।
जिल्ला अदालतमा फैसला भएका तर मुद्दा फैसलामाथि चित नबुझेमा उच्च अदालतमा मुद्दा दर्ता हुने गरेको उनले बताए । पछिल्लो समयमा स्थानीय तह र जिल्ला अदालतमा हुने फैसलाका कारणले नै उच्च अदालतमा आउने मुद्दाको सङ्ख्या कम भएको जानकारी दिइएको छ ।
उच्च अदालतमा सरकारवादी लागुऔषध, जबरजस्ती करणी, देवानी, जग्गा किचलो र ज्यानसम्बन्धी मुद्दा धेरै आउने गरेको उप्रेतीको भनाइ छ । उच्च अदालत हेटौंडा इजलासमा सात जना न्यायाधीश दरबन्दी रहेकोमा एक वर्षदेखि चार जना मात्र कार्यरत छन् ।रासस
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
११ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





