

भारतको पञ्जाब पुगेकी १६ वर्षीया किशोरीको उद्धार
कृष्णनगर । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ ।
भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ ।
किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन । गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षितरूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताए । रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो ।
आफ्नो अथक प्रयास र प्रहरी प्रशासनलगायतको समन्वयमा राधिकालाई नेपाल फर्काउन सफल भएको संयोजक भूमि भट्टराईले बताए ।रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
११ घण्टा अगाडि
2.2kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





