

सुन प्रकरण : पार्टीभित्र र बाहिरका जो भए पनि दोषी देखिए कारबाहीको दायरामा ल्याउछु -प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा आफू नै दोषी देखिए पनि कारबाही भोग्न तयार रहेको बताएका छन् । माओवादीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र र बाहिरका जो भए पनि दोषी देखिए कारबाहीको दायरामा ल्याउने दोहोर्याएका हुन् ।
‘पार्टीभित्र र बाहिरका जोसुकै भए पनि दोषी देखिए कारबाही हुन्छ । सुन प्रकरणमा महराजीको नाम विभिन्न मिडियाले लेखेका छन् । छानबिन गर्न प्रहरी स्वतन्त्र छ । दोषी होइन भने सिआइबीले किन नाम उल्लेख गर्यो, दोषी हो भने किन कारबाही प्रक्रिया अघि बढाएन ? मिडियामा आएका विषयमा कत्तिको सत्यता छ ? प्रतिवेदनमा नाम पनि उल्लेख गर्ने अनि प्रमाण पुगेन भनेर कारबाही प्रक्रिया अगाडि नबढाउने किन ? मै दोषी देखिए पनि कारबाही भोग्न तयार छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रदेश अध्यक्ष सरल सहयात्रीले भने । प्रधानमन्त्रीले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको भन्दै बेथितिविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने बताए ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१२ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





