

जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु
घोराही । दाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये उनको मृत्यु भएको हो ।
जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ ।
उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१३ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





