

आराम छोडेर आरनमा रमाउँदै सुशील
बलेवा । जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै–मैलै छन् । हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन् ।
काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिए सुशील सुनार । उनी उमेरले छ दशक नजिक छन् । केही बेरको संवादमा सुशील पटक–पटक फ्ल्यासब्याकमा पुगे र खोतल्नुले केही किस्साहरु । अभावले झेलिएको बालापन । अवसरले घेरिएको यौवनसँगै चुनौतीको सामना गर्न तयार बुढ्यौलीको अनुभव उनीसँग छ ।
गाउँमा उनी एक्ला मेहनती भने होइन् । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उनी केही विषयले फरक छन्। सुशील सानै छँदा उनका पिता पुर्खाले तामा र फलामका भाँडा बनाउँथे । बालिघरे प्रचलन रहेकै बेला विष्टका घरका भाँडा बनाउने बेला हजुरबुबा र बुबाहरुबाट सुशीलले सीप सिके। पन्ध्र वर्षको उमेरमा सिकेको सीपले जीवन चलाउन त्यो बेला कठिन थियो । साथीसङ्गी र परिस्थितिले उनलाई भारतीय सेनामा पुर्यायो ।
सुशील सानै उमेरमा भारतीय सेनामा भर्ती हुनुभयो । २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उनी युवा उमेरकै थिए । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहेका सुशील अवकाश भएर घर फर्किए । एक्काइस वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो ।
“मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ बाहिर गइन्”, उनले भने, “बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।” बीचको छ वर्ष बाउबाजेका पाला सिकेको सीप उनले काममा लगाए। गाउँमै बसेर तामा र फलामका भाँडा बनाए । सन् २००६ मा उनी मलेसिया लागे। मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताए । “मासिक रु ८० हजार कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्कें,” सुनारले सुनाए, “सेक्युरेटी गार्डको जागिर सजिलै थियो ।” १५ वर्षको उमेरबाट सुरु भएको उनको मेहनतको यात्रा देश विदेश घुम्यो ।
मलेसियाबाट सन् २०१३ मा नफर्किने गरी घर फर्किएका सुनार त्यसयता निरन्तर हथौडाको साथ लिइरहेका छन् । बिहान बेलुका घरको काम गर्नुहुन्छ । गोठभरि भैँसी छन् । दिउँसो गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्छन् ।
“महिनामा ८०–९० हजार त पेन्सन नै आउँछ, तर छोराहरुको भविष्यका लागि र आफ्नो सिपको सदुपयोगका लागि मेहनत गरिरहेको छु”, सुनार भन्छन्, “खान नपुगेर होइन, जीवन क्रियाशील राख्न र व्यवस्थित बनाउनका लागि मेहनत गर्छु ।”
अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन । “आफूले दुःख पाइयो, छोराहरुले भोग्न नपरोस् भनेर म मेहनत गर्छु”, उनले भने, “आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।”
तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उनीसँँग छ । बञ्चरो, कोदाली, हँसियामा धार लगाउन उनी सीपालु हुनुहुन्छ । “यहाँ अरुले रु तीन हजार पाँच सय किलोदेखि पाँच हजारसम्म प्रतिकिलो तामा बिक्री गर्छन्, मेरो एउटै रेट छ, तामाका भाँडाको मूल्य प्रतिकिलो रु तीन हजार”, सुशील भन्छन्, “भाँडा बनाई नसक्दै घरबाटै बिक्री हुन्छन् ।”
उनले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाए । काम निरन्तर गर्न पाउँदाको महिनामा उनले रु ७० देखि ८० हजार कमाउछन् । “रु ४०÷५० हजार त नचलेको महिना पनि कमाइ हुन्छ”, सुनारले सुनाए ।
बागलुङ बजारमा रु एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि रु तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिच्किचाउने उनले बताए । सुनारका जेठा छोरा विदेशमा छन् । माइला छोराको काठमाडौँमा व्यवसाय छ । साइँला छोरा इञ्जिनियरिङ पढ्दैछन् भने कान्छा छोरा डाक्टरी पढ्दै छन् । “छोराहरुको पढाइ खर्च भाँडा बनाएरै पुर्याइरहेको छु, घर खर्च, आफ्नो खर्च पनि गज्जब चल्छ”, सुनार भन्छन्, “मेहनत गरेपछि गाउँमै कमाउन सकिन्छ ।”
गाउँघरमा सामाजिक काम, मेला पर्व उनले छुटाउँदैनन् । गोठमा रहेका तीन भैँसी र दुई पाडापाडीको स्याहारसुसारमा पनि उनले जीवनसाथीलाई सघाछिन् । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१४ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





