

धादिङमा बस दुर्घटना : २६ जना घाइते, ५ को अवस्था गम्भीर
काठमाडौ भदौ २ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका-९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०३-००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन ।
एसपी मिश्रका अनुसार बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन्। उनीहरूमध्ये गम्भीर प्रकृतिका चोटपटक लागेका ६ यात्रुहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
अन्य घाइतेहरूको टिचिङ अस्पताल मलेखु र राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।
काठमाडौं पठाइएका घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ दाङका २६ वर्षीय बिमल चौधरी, लमही नगरपालिका-५ का ३० वर्षीय गोपाल मल्ल, ४६ वर्षीया माला के.सी, ५४ वर्षीय खुमप्रपसाद खत्री, घोराही नगरपालिका-१३ कि पद्मा गिरी र रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१० का यज्ञबहादुर वली छन्।
सल्यानको सबेश्वरी गाउँपालिका-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका ६ वर्षीय छोरा आशिष केसी, सल्यानकै बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१४ का २८ वर्षीय प्रेम पुन र दाङको दागीशरण नगरपालिका-१ का ८५ वर्षीय शिबलाल वि.क छन्।
गम्भीर घाइतेहरूमध्ये केहीलाई काठमाडौं रेफर गरिएको छ भने केहीको राजमार्ग र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।
अन्य घाइतेहरूमा सल्यान सबेश्वरी गाउँपालिका-३ की ३२ वर्षीया रेखा केसी, काभ्रेको धुलिखेल नगरपालिका-१० का ५९ वर्षीय नारायण धिमाल, ५० वर्षीय रेखा वली, दाङको बबई गाउँपालिका-५ का २३ वर्षीय प्रदीप श्रीस र उनकी २२ वर्षीया श्रीमती मञ्जु श्रीस रहेका छन्।
त्यस्तै दाङको तुलसीपुर नगरपालिका-७ का ३३ वर्षीय बिजय केसी, रूकुम पूर्वको सिस्ने गाउँपालिका-८ का ३१ वर्षीय योगेश बुढा, सल्यानको बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुमपश्चिम चौरजहारी नगरपालिका-१४ का २८ वर्षीय खडक बि.क, सल्यानको बाघचौर नगरपालिका-९ का ४८ वर्षीय धन बहादुर वली घाइते छन्।
रूकुम पश्चिम चौरजारी नगरपालिका-१० बस्ने बर्ष ३२ को प्रबिण वली, चौरजहारी-१३ का २८ वर्षीय सचिन विष्ट, दाङको भालुवाङ गाउँपालिका-१ का ३८ वर्षीया सलमा खातुन, ३८ वर्षीय मोहमद हुसेन, तुलसीपुर उपमहानगरपालिका-५ का ३० वर्षीय मनोज खड्का र रूकुम पश्चिमको चौरजहारी नगरपालिलका-१४ का ३० वर्षीय विरेन्द्र केसी घाइते भएका छन्।
उनीहरूको राजमार्ग अस्पताल र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।
दुर्घटनाग्रस्त बस अहिले पनि सडक किनारमै छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१४ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





