सुन तस्करीको छानबिन सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको छानबिन सीआईबीले नै गर्ने दोहोर्‍याएका छन् ।

आइतबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन संगठित अपराध अन्तर्गत अनुसन्धान गर्नुपर्ने भएकाले सीआइबीलाई छानबिनको जिम्मा दिएको बताए ।

उनले भने, ‘कुनै कन्फ्युज नहोस्, किनभने सुन तस्करीको छानबिन सीआईबीले नै गर्छ र निष्कर्षमा पनि पुर्‍याउँछ ।’

Facebook Comments Box
TOP
Shares