

तानसेन–रिडी–कोरला जोड्ने सडक ७ ठाउँमा अवरूद्ध
बाढी–पहिरोबाट ५ वटा राजमार्ग अवरूद्ध हुन पुगेका छन्। ४५ ठाउँमा एकतर्फीरूपमा यातायात सञ्चालनमा रहेको सडक विभागको बेव साइटमा राखिएको अद्यावधिक विवरणमा उल्लेख छ।
विभागका अनुसार तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ।
त्यस्तै कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, तेघुवाघाट तुम्लिङ्गटार खाँदवारी नुम हुँदै किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध छ।
बालाजु–त्रिशुली–धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक नुवाकोटको निगालेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको विभागको अद्यावधिक विवरणमा उल्लेख छ।
तानसेन–रिडी–कोरला जोड्ने सडक ७ ठाउँमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
बाढी पहिरोका कारण २७ वटा राजमार्ग २ सय १३ स्थानमा अवरूद्ध हुन पुगेको थियो। हाल १ सय ६३ स्थानमा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ।
अहिलेसम्म बाढी–पहिरोबाट राजमार्गहरूमा ३९० करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको विभागले आकलन गरेको छ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





