बागमती प्रदेशका पूर्व सांसद डा. राजाराम कार्कीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व सांसद डा. राजाराम कार्कीको निधन भएको छ । बुधबार साँझ वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कार्कीको शवलाई श्रद्धाञ्जलीका लागि बिहीबार  बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने जनाइएको छ ।कार्की  कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व महासचिव पनि हुन् ।

Facebook Comments Box
TOP
Shares