मनसुनको दुई महिना : ७२ को मृत्यु, नौ अर्ब २९ करोड क्षति

काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । भदौ ६ गते मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उहाँले बताउनुभयो । खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ ।

चट्याङ्ले सबैभन्दा बढी घाइते भएका छन् । यसबाट ४३ जना घाइते भएको देखिएको छ । पहिरोबाट ४० जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते भएका छन् । भारी बर्षाका कारण १२ जना घाइते भएका छन् ।

पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङ्बाट २१ जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी बाढीबाट बेपत्ता भएका छन् । बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट नौ बेपत्ता छन् । नेपालमा मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यहाँ धेरै क्षति भएको छ ।  आजको गोरखापत्र दैनिकबाट साभार

Facebook Comments Box
TOP
Shares