नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । शुक्रबार बिहान बनस्थलीस्थित कार्यालयको तेस्रो तलामा आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ ।

आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो । आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।

 

Facebook Comments Box
TOP
Shares