अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

काठमाडौं । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ ।नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको गुनासो बढ्दै गएको समयमा गत कार्तिक २७ गते सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारको माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर मात्र नपुगेकोले यसलाई सरकारी दस्तावेजमा पनि अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको जिकिर गर्दै सरकारले सो निर्णयले नेपाल संवत्लाई सबैको साझा राष्ट्रिय मान्यताको अनुभूति दिलाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्णयले नेपाल संवत्लाई राष्ट्रव्यापी रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने ढोका खुलेको बताए । नेपाल संवत् न्हूदँ समारोह समितिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा वसन्तपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘नेपाल संवत्को पात्रो मिलानको समस्या छ कि भन्ने कहीँकतैबाट प्रश्न पनि उठेको छ । तर निर्णयको मूल पक्ष र मर्म भनेको नेपाल संवत्लाई सरकारी दस्तावेजमा अनिवार्य रूपमा उल्लेख गर्ने हो । अब कुनै पनि बहानामा नेपाल संवत्लाई प्रयोग गर्ने निर्णयलाई रोक्न सकिँदैन । ’ नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएको १५ वर्षपछि सरकारले यो निर्णय गरेको हो । यी दुवै निर्णय ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा भएको छ । पछिल्लो निर्णय पहिलो निर्णयकै महत्वपूर्ण कडी रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले उक्त निर्णयले नेपाल संवत् नेवारहरूको मात्र संवत् भन्ने भम्र हटाउन टेवा पु¥याउने विश्वास पनि व्यक्त गर्दै यसले नेपालको इज्जत, मौलिकता र संस्कृतिलाई स्थापित र सम्मानित गरेको बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

Facebook Comments Box
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
२२ घण्टा अगाडि

1.4kViews 297 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि उठ्दै आएको १६ वर्ष सेवा…

TOP
Shares