

बोर्ड अध्यक्षका लागि रस्साकस्सी सुरु, करिश्मा र दिनेश बलियो दाबेदार
नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यही साउन ९ गतेबाट रिक्त हुँदैछ । अर्थात् भुवन केसीको कार्यकाल सकिँदैछ । उनी बोर्डबाट विदा हुन एक हप्ता बाँकी हुँदा अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु भैसकेको छ । असारको सुरुवातसम्म माओवादी निकट फिल्मकर्मीहरु अध्यक्षका लागि ‘लबिङ’मा थिए । त्यसबेला सरकार माओवादीको थियो ।
तर, अहिले एमाले र कांग्रेसको संयुक्त सरकार बनेका कारण अध्यक्षका लागि आकांक्षीको अनुहार फेरिएको छ । सञ्चार मन्त्रालय (बोर्डको तालुकवाला निकाय) एमालेले पाएकाले यही पार्टीका फिल्मकर्मीहरुले सक्रियता बढाइरहेका छन् । र, आकांक्षीको संख्या बढ्दो देखिन्छ । केहीले नवनियुक्त प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट गरिसकेको जनाइएको छ ।बोर्ड अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदारमा दुई अनुहार देखिएका छन्, अभिनेत्री करिश्मा मानन्धर र निर्देशक दिनेश डिसी । जगजाहेर छ, उनीहरु एमाले हुन् । सदस्यता समेत छ । र, उनीहरु दुवै प्रधानमन्त्री ओलीसँग सिधै पहुँच राख्ने फिल्मकर्मी हुन् । यसैले ओलीले बोर्ड अध्यक्षका लागि चासो देखाएको अवस्थामा करिश्मा र दिनेशमध्ये एक हुनसक्ने सम्भावना प्रवल देखिएको छ ।
यसअघि एमाले सरकारमा रहँदा स्वर्गीय केशव भट्टराई र दयाराम दाहाललाई बोर्ड अध्यक्ष बनाउन दिनेशको ठूलो भूमिका थियो । त्यसबेला उनले अध्यक्ष बन्न इच्छा देखाएनन् । तर, यसपटक उनी आफैं बोर्ड अध्यक्षका लागि लबिङमा छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणमा ओलीलाई बधाई दिन दिनेश राष्ट्रपति भवनमै पुगेका थिए । यसले पनि उनको दौडधुप देखाउँछ ।
२०७८ सालमा एमाले बनेकी करिश्माले आफूले बोर्ड अध्यक्षका लागि ‘लबिङ’ नै नगरेको बताएकी छन् । यद्यपि, पार्टीले जिम्मेवारी दिए सम्हाल्न तयार रहेको उनको भनाई छ । ३ वर्षमा पार्टीले उनलाई चुनाव प्रचारमा अनुहार भजाउनबाहेक अरु कुनै जिम्मेवारी दिएको छैन । त्यसैले उनलाई पार्टीमा टिकाइराख्न पनि बोर्ड अध्यक्ष दिन सक्ने सम्भावना छ । र, उनी पनि विश्वस्त देखिएकी छन् ।
नेपाल चलचित्र संघका अध्यक्ष तथा ‘लुट’ निर्माता नरेन्द्र महर्जन, पूर्व बोर्ड सदस्य तथा निर्माता अर्जुन कुमार, सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापाले पनि बोर्ड अध्यक्षका लागि आफू निकट एमालेका नेता तथा मन्त्रीसँग लबिङ गरिरहेको स्रोतको दाबी छ । सम्भवतः साउन अन्तिम वा भदौ पहिलो सातासम्ममा बोर्डले नयाँ अध्यक्ष पाउन सक्छ । अध्यक्षको कार्यकाल दुई वर्षको हुने गर्छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



