

मलाइकाबारे सोध्दा अर्जुनले भने– अहिले सिंगल छु
मुम्बई । लामो समयदेखि बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको चर्चा थियो । अब अर्जुन कपुरले एक कार्यक्रममा यसको पुष्टि गरेका छन् ।
भर्खरै जब अर्जुन ‘सिंघम अगेन’ को प्रमोशन गर्न आएका थिए । त्यतिबेला एक फ्यानले उनलाई सोधे– मलाइका कस्तो छ ? तब अर्जुनले भने, ‘अहिले सिंगल छु।’
अर्जुन आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’को प्रमोशनका लागि मुम्बईमा भएको कार्यक्रममा पुगेका थिए । यही क्रममा भीडबाट कसैले मराठी भाषामा प्रश्न सोधेकी थिइन् ।
अर्जुनले हाँस्दै भने ‘उहाँले अग्लो र सुन्दर यसरी भन्नुभयो कि विवाहको कुरा गर्दै हुनुहुन्छ। त्यही भएर मात्र प्रश्नको जवाफ दिँदैछु ।’
मलाइका र अर्जुन लामो समयदेखि अलग बस्दै आएका छन् । दुवैले एकअर्कालाई जन्मदिनको शुभकामना समेत दिएका छैनन् । तर, गत महिना मलाइकाका बुवाको निधन हुँदा अर्जुन त्यो कठिन समयमा परिवारसँग उभिएको देखियो ।
यस अवसरमा मलाइकाका पूर्व पति अरबाज खान र उनको परिवार पनि अभिनेत्रीसँग थिए । व्यक्तिगत जीवनको कुरा गर्दा मलाइकाले सन् १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् ।
सन् २०१६ मा दुवै अलग भए, त्यसपछि मलाइकाले अर्जुनसँग डेट गर्न थालेकी थिइन् । सन् २०१९ मा, दुवैले आधिकारिक रूपमा इन्स्टापोस्ट मार्फत आफ्नो सम्बन्ध पुष्टि गरे। अब करिब ८ वर्षपछि यही वर्ष दुवैको ब्रेकअप भएको छ ।
यता अर्जुनको अर्को फिल्म रोहित शेट्टीको मल्टीस्टारर फिल्म सिंघम अगेनु हो। ‘रामायण’बाट प्रेरित यस फिल्ममा अजय देवगन राम, करीना कपूर सीता, टाइगर श्रौफ लक्ष्मण, रणवीर सिंह हनुमान, अक्षय कुमार जटायु र अर्जुन कपूरबाट प्रेरित पात्रमा देखिनेछन् ।
यो फिल्म दीपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुँदैछ । यसको टक्कर कार्तिक आर्यन स्टारर फिल्म ‘भूल भुलैया ३’ सँग हुनेछ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



