

‘स्त्री २’ का निर्माताले नयाँ फिल्म ‘थामा’ ल्याउने
काठमाडौं । धेरै कमाउने बलिउड फिल्म ‘स्त्री २’ का निर्माताले नयाँ फिल्मको घोषणा गरेका छन् । जसको नाम राखिएको छ ‘थामा’ । बुधबार फिल्ममा कलाकारको अन्तिम लाइनअप तय गरिएको छ ।
चाखलाग्दो कुरा के छ भने ‘थामा’ दिनेश विजनको हरर कमेडी ब्रह्माण्डकै एक हिस्सा हुनेछ । यस ब्रह्माण्डका अघिल्ला फिल्म ‘स्त्री’, ‘स्त्री २’, ‘भेडिया’ र ‘मुन्ज्या’ सुपरहिट छन् । अब ‘थामा’ आउँदैछ । यसलाई ‘मुन्ज्या’ फेम्ड आदित्य सरपोतदारले निर्देशन गर्नेछन् ।
‘थामा’मा आयुष्मान खुराना, रश्मिका मन्दाना, परेश रावल र नवाजुद्दीन सिद्दीकीको अभिनय हुनेछ । यो फिल्म सन् २०२५ को तिहारमा रिलिज हुने जनाइएको छ । निर्माताले ‘थामा’को टिजर सेयर गर्दै लेखेका छन्, ‘दिनेश विजनको हरर कमेडी ब्रह्माण्डलाई प्रेम कथा चाहिएको थियो, तर दुर्भाग्य रक्तपातले भरियो ।’
भिडियोमा आयुष्मान खुरानाको नाम रगतले लेखिएको देखिन्छ । पृष्ठभूमिमा उल्लुको डरलाग्दो आवाज सुनिन्छ । फिल्ममा आयुष्मानले रगत चुस्ने पुरुष भ्याम्पायरको भूमिका निर्वाह गरेका छन् ।
एक दिनअघि आयुष्मानले इन्स्टाग्राम स्टोरीमा भ्याम्पायर फिल्टर लगाएर आफ्नो लुक सेयर गरेका थिए । जसमा उनको मुखबाट रगत निस्किरहेको थियो भने आँखामा रगत देखिएको थियो ।
‘स्त्री २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा म्याडक फिल्म्सका दिनेश विजनले यस फ्रेन्चाइजको अर्को फिल्म ‘थामा’ घोषणा गरेका थिए । जब उनलाई हरर कमेडी फ्रेन्चाइजमा अब के हुन्छ भनेर सोधिएको थियो, उनले अर्को फिल्म ‘थामा’ हुने बताएका थिए । तर यसबारे थप केही बताइएको छैन ।
यदि तपाईंलाई याद छ भने ’स्त्री २’को अन्त्यमा वरुण धवनको चरित्रले नयाँ फिल्मको बारेमा पक्कै अलिकति संकेत दिएको थियो । जब वरुणको क्यारेक्टर जनाले दिल्ली जाने कुरा गर्छ, तब त्यतिबेला दिल्लीमा ‘पुरुष पिशाच’को आतंक रहेको बताइएको थियो ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



