काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।

खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।

३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमान्डुका ब्याटरले संघर्ष गर्नुपरेको थियो ।

काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
389 Shares