

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।
जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।
लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अरध्शतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे ।
तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरेका थिए । यो जोडी ब्याटिङ गरिहरँदा २०० स्कोर कट्ने जस्तो देखिएको थियो । तर राजेश पुलामीले साझेदारी ब्रेक गरेपछि विराटनगरले बलिङमा पुनरागमन गरेको थियो । तैपनि विवेक यादवलेकेमियो इनिङ्स खेल्दै ७ बलमा अविजित १९ रन बनाएपछि लुम्बिनीले लिगकै उच्च स्कोर बनाएको हो ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



