बोपाराको अर्धशतक मद्दतमा कर्णालीलाई १३१ रनको लक्ष्य

काठमाडौं । रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र१३० रन बनाएको हो । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।

बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए ।

जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
224 Shares