

रोहित अधिकारीको फिल्म ‘माइतीघर’मा माग्ने बुढादेखि प्रकाश सपुतसम्म
रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा शीर्ष कलाकारको टुंगो लागेको छ । यस फिल्ममा शिर्ष कलाकारको रुपमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी र बुद्धि तामाङले साइन गरेका छन् ।
फिल्ममा धीरज मगर पनि जोडिने चर्चा छ तर, लिखित समझदारी भैसकेको छैन । डेब्यु निर्देशक मिलन तामाङले निर्देशन गर्न लागेको फिल्मले पारिवारिक सम्बन्ध र संवेदनाको कथा प्रस्तुत गर्नेछ ।
छायांकन फागुन वा चैतदेखि सुरु हुने तयारी छ । काठमाडौं, शैलुङ र काभ्रेमा छायांकन हुने फिल्मको यतिबेला धमाधम प्रि प्रोडक्सन कार्य चलिरहेको छ । फिल्मलाई २०८२ सालको दशैंमा प्रदर्शन लक्ष्य राखिएको छ ।
रविन शेरचन र धीरज तामाङ निर्माता हुन् । इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माताको रुपमा छन् । अधिकारीले यसअघि गाजुल, छ माया छपक्कै र फर्की फर्की निर्माण गरिसकेका छन् । सोही नामको अघिल्लो फिल्म ‘माइतीघर’को शीर्ष गीतलाई पनि यस फिल्ममा समावेश गर्ने जनाइएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



