

एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
काठमाडौं । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो ।
सर्लाही, लालवन्दी १ की जीताकुमारी चौधरीको गर्भबाट ३० हप्ताका जुम्ल्याहा शिशु निकाल्दै गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको थियो । ‘समय अगावै जन्मिएका जुम्ल्याहा शिशुहरुको उपचार गर्नु आफैंमा चुनौतिपूर्ण थियो । उनीहरुको जन्मदै स्वासप्रस्वासमा समस्या, निमोनिया, रगतको प्लेटेटको मात्रा कम भएको र हेमोग्लोविन समेत कम भएकोले उपचार गर्नु झनै चुनौती थियो । इन्फेक्सनको कारणले गर्दा यी बच्चाहरुको अवस्था जोखिमपूर्ण थियो ।’ तर, कलेजको क्रिटिकल केयर, बाल रोग तथा नवजात शिशु विभागका सम्पूर्ण टीमले एक साथ काम गरेकाले जुम्ल्याहा शिशुहरुको ज्यान बचाउन सफल भएको प्रा.डा. गणेश साहले बताउनु भयो ।
यी जुम्ल्याहा शिशु बचाउन अस्पतालले २ महिनाको अवधिमा करिब ३० वटा रगतको प्रोडक्टहरु ट्रान्सफर गरेको छ । ‘अहिले बच्चाले तापक्रम मेन्टेन र ग्लुकोज मेन्टेन गर्न सक्छ । पहिला पाइपबाट दुध खुवाइएकोमा अहिले चम्चामा राखेर खानसक्ने भएको छ । जन्मदा ११२० र १२६० ग्रामका शिशुहरुको तौल पनि बढेको छ ।’ कलेजका क्रिटिकल युनिटका प्रमुख प्रा.डा. साहले भन्नुभयो ।
नेपाल मेडिकल कलेजले गरेको उपचार सेवामा सबैभन्दा बढी खुसी र आत्मसन्तुष्टी जुम्ल्याहा बच्चाका आमाबुबा देखिए । उपचारभर उनले अस्पताल र त्यहाँका स्वास्थ्यकर्मीले गरेको उपचारमा विस्वास गरिरहे । कुनै बेला शिशुहरुको स्वास्थ्यवस्था एक्कासी विग्रिँदा स्वास्थ्यकर्मीहरु अत्तालिँदा पनि उनी अत्तालिएनन् । ‘यी शिशुहरुको उपचार गर्दा सबभन्दा राम्रो कुरा मैले बाबुआमा भेट्टाए । उहाँहरुको सकारात्मक सोचले पनि यी शिशुहरुको उपचारमा ठूलो भूमिका खेल्यो । उहाँहरुले कहिल्लै हार मार्नु भएन । हामीले नेगेटिभ काउन्सेलिङ गर्दापनि उहाँहरुले हार मान्नु भएन यो धेरै ठूलो कुरा हो । म उहाँहरुले देखाउनु भएको धैर्यता र विस्वास प्रति धन्यवाद दिन चाहन्छु ।’ प्रा.डा. साहले भन्नुभयो ।
कलेजले जुम्ल्याहा बच्चाको शारीरिक र मानसिक विकासको चक्रलाई नियाल्दै आगामी उपचार विधिहरु अपनाउने बताएको छ । आइतबार जुम्ल्याहा बच्चाहरु अस्पतालको लामो उपचार र बसाई पछि डिस्चार्ज हुँदै गर्दा उपचारमा संलग्न क्रिटिकल केयरका युनिटहरु नै विदाई गर्न आएका थिए ।
जुम्ल्याहा बच्चाका बुबा लालबाबु चौधरीले आफुहरुले माया मारिसकेको सन्तानलाई अस्पतालले बचाइदिएकोमा भावुक हुँदै खुसी व्यक्त गर्नुभयो । बच्चा आमाको पेटमै हुँदा स्वास्थ्य समस्या आउँदा अन्यत्र अस्पतालमा लैजाँदा बच्चाहरुको अवस्था देखेर उपचार गर्नै नमानेको तर, नेपाल मेडिकल कलेजमा ल्याउने वित्तिकै स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अमृता गिरी तुलाधरले समस्या भएपनि सहजै उपचार गर्न तयार हुनु भएको जिकीर गर्नुभयो ।
‘सात महिना पुग्दै लाग्दा आमालाई गाह्रो भयो । मैले डा. अमृता गिरी तुलाधरलाई सम्पर्क गर्दा उहाँले अस्पताल ल्याउन भन्नुभयो । लगत्तै उहाँले अवस्था जाँचेर गाह्रो त छ तर, नआत्तिन भन्नुभयो । मैले उहाँलाई मेरो छोरा छ यदी गाह्रै हुन्छ भने श्रीमतीको चैं ज्यान बचाइदिनुस भने, उहाँले हामी आमा र बच्चाहरुलाई नै बचाउँछौं नआत्तिनुस भन्नुभयो ।’ कलेजका डाक्टर नर्सहरुको प्रयास र मेहनतकै कारण आफ्ना जुम्ल्याहा छोरीहरु र श्रीमतीको ज्या नबचेकोमा उनले उपचारमा संलग्न क्रिटिकल केयरका डाक्टर, नर्स, स्त्री तथा प्रसुति रोग विभागका डाक्टर नर्सहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





