नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

काठमाडौं । अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो ।

कलेजले प्राध्यापक, सह–प्रध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा काम गर्न जनशक्ति माग गरेको जनाएको छ । कलेजले नवजात विज्ञान, इन्टर्नल मेडिसिन, छाला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फोरेन्सिक मेडिसिनमा जनशक्ति माग गरेको छ । यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट, रेडियो असिस्टेन्ट माग गरेको छ ।

योग्यता पुगेका उम्मेदरवारले जेठ ३ गते भित्र आ–आफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पेश गर्नुपर्ने बताइएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति माग गरिएको हो ।

Facebook Comments Box
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
२ घण्टा अगाडि

1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…

TOP
416 Shares