

एसीसी मेन्स यू–१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
काठमाडौं। एसीसी मेन्स अन्डर–१६ इस्ट जोन कपमा क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन्।
यो खेल क्वालालम्पुरमा बिहान पौने ८ बजे शुरू हुनेछ। नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।
यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको अर्को सेमिफाइनलमा सोही समय हङकङ र सिङ्गापुर खेल्दैछन्।
इस्ट जोन कपको फाइनल खेल शनिवार हुनेछ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



