एसीसी यू-१६ इष्ट जोन कप: उपाधि हातपार्ने दाउमा नेपाल

काठमाडौं। एसीसी यू-१६ इष्ट जोन कपको उपाधिका लागि नेपालले शनिबार सिंगापुरसँग खेल्दैछ। खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा बिहान पौने ८ बजे शुरु हुनेछ ।

फाइनलसम्म आइपुग्दा नेपाल अपराजित छ। प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाल अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ। सिंगापुर समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूह विजेता टोली हङकङलाई हराएको थियो।

शनिबार नै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
292 Shares