

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक
काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेञ्ज र अडियो मिक्सिङमा विष्णु मानन्धर तथा मनोज परियारको छ । रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गर्नुभएको हो । भिडियो निर्देशन केशवराज भट्टले गर्नुभएको छ भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको छ ।
नेपाल र अमेरिका दुवै देशमा छायांकन गरिएको गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ । सुशीला बस्नेतले यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गर्नुभएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



