१७ वर्षमुनिको साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्ने

काठमाण्डाै – यही वर्ष श्रीलङ्कामा हुने १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको तालिका अनुसार आयोजक श्रीलङ्का, नेपाल र बङ्गलादेश समूह ‘ए’ मा छन् । यस्तै समूह ‘बी’ मा भारत, भूटान, माल्दिभ्स र पाकिस्तान छन् ।

प्रतियोगिता आउँदो सेप्टेम्बर १५ देखि २७ सम्म कोलम्बोको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले खेल्नेछन् । यस्तै नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा सेप्टेम्बर १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
108 Shares